विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोटका जनप्रतिनिधिको आह्वान

२ कार्तिक २०७९, बुधबार १८:१४

काठमाडौं । विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोट जनप्रतिनिभिहरुले आह्वान गरेको छ । गुर्र्भाकोट नगरपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया तथा छलफल कार्यक्रममा गुर्र्भाकोट नगरपालिकाका जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि एवं गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन,उपमेयर मैना विकको, प्रमुख प्रशासकिय अधिकृत देव कुमार बुढा क्षेत्री र बीमा समितिको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख तथा उपनिर्देशक पद्म प्रसाद सोडारीको बिशेष उपस्थितीमा कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले बीमाले भावि जोखिम न्यूनिकरणमा बिशेष साथ दिने हुँदा आवश्यक रहेको भन्दै सबैलाई बीमा गर्न प्रोत्साहित गरेका थिए । आगामी दिनमा यस्ता बीमा कार्यक्रम संचालन गरि थप सचेतना गनुपर्ने सुझाव दिएका थिए ।

सम्पत्तिको बीमामा हामी पहल गछौ, बीमा समितिले आज हामीलाई झक्झकाउनु भयो, आगामी दिनमा नगरपालिका र बीमा समितिको समन्वयमा बीमा चेतना कार्यक्रमहरु अघि बढाउने छौ ।, उनले भने । बीमाको लागि आवश्यक निति र पहल गर्न सकारात्मक रहेको उनले कार्यक्रममा बताए ।

त्यस्तै, नगरपालिकाका नगर उप प्रमुख मैना विकले विकास र निकासको लागि बीमा आजको आवश्यक रहेको बताए ।बीमाप्रति आम जनस्तरको बुझाई गलत छाप रहेको हुँदा यसलाई सकारात्मक सन्देशतर्फ उन्मुख गर्न अझै यस्ता बीमा सचेतना कार्यक्रम आवश्यक रहेको बताए ।बीमाको चेतना घरदैलोदेखि विधालयको प्राङगणसम्म पुराउन सके अझै स्तरीकृत हुने उनले जोड दिए ।

उनले बीमा समितिले मात्रै बीमा सचेतना कार्यक्रम गरेर नसक्ने भन्दै नगरपालिकाको पूर्ण साथ रह्ने प्रतिवद्धता व्यक्त गरे ।उनले बीमामा सकारात्मक सोचको भएको भन्दै दुख व्यक्त गरे । अन्य विलासी र फजुल खर्च गर्न तम्सिने सबैलाई भविष्यमा आउने जोखिमको बीमा गर्न भने विभिन्न बहाना देखाँउछौ, त्यसैले बीमाको आजको आवश्यक हो भन्ने बिषयमा नगरपालिका र बीमा समितिको समन्वयमा बीमा सचेतना कार्यक्रम थप विस्तार गनुपर्ने उनले जोड दिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देव कुमार बुढा क्षेत्रीले बीमालाई प्राथमिकता राखेर काम गर्न नसकेको बताए । बीमालाई व्यवस्थित गरेर अघि बढाउन नगरपालिका सकारात्मक भएको, उनले भने ।अन्तक्रिया कार्यक्रममा १ सय जना भन्दा बढीको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित रहेका सहभागीहरुले बीमा सचेतनाबारे सपष्ट भएको भन्दै खुसी व्यक्त गरेका थिए । बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन समितिका सहायक निर्देशक चिनिया लामाले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*