बीमा समितिद्धारा मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान

१७ कार्तिक २०७९, बिहीबार ११:२७

काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिसँग भएको बैंक मौज्दात समितिको लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुलाई समितिले शिलबन्दी दरभाउपत्र पेश गर्न अनुरोध गरेको छ ।

इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा।नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोष खुल्ने गरी सात दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*