कोरोना बीमाको दावी भुुक्तानी सुरु गर्ने बीमा समितिको निर्णय, पहिलोलाई प्राथमिकतामा भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन

१७ कार्तिक २०७९, बिहीबार २१:२९

काठमाडौं। बीमा समितिले कोरोना बीमा बापतको दावी भुक्तानी रकम वितरण गर्न सुरु गर्ने निर्णय गरेको छ । सरकारले एक अर्ब रुपैयाँ रकम दिएपछि बीमा समितिले पिसिआर परिक्षणमा पोजेटिभ देखिएर पहिलो दावी गर्नेलाई प्राथमिकतामा पहिले पाउने गरी तत्काल भुक्तानी गर्न आजै सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

एक बीमा कम्पनीका सिईओले बीमा समितिलेबाट तालिका सहित दावी भुक्तानी गर्न निर्देशन प्राप्त भएको बताउँदै अब प्राथमिकता छनौट गरी भुक्तानी सुरु गरिने बताए । ‘चर्को चाप धान्न के गर्ने भन्ने अर्को समस्याा छ तर अब दावी भुक्तानी सुरु हुन्छ’ निर्जीवन बीमा कम्पनीका सिईओले भने ।

बीमा समितिले आज सबै निर्जीवन बीमा कम्पनीहरूलाई लिखित निर्देशन दिँदै नेपाल सरकारबाट प्राप्त रकममा बीमा कम्पनीहरूले व्यहोर्नुपर्ने हिस्सा थपेर भुक्तानी गर्न तालिकासहित निर्देशन दिएको पुष्टि गरेको छ ।

बीमा समितिले आज पठाएको ५ बुँदे निर्देशनमा कोरोनाको रकम पहिले दावी गर्नेलाई पहिले पाउने व्यवस्था गर्न र दावी भुक्तानी लिने बीमितको विवरण वेभसाइटमा राख्न भनिएको छ ।त्र

कोरोना बीमाको दावी भुक्तानी विगत एक वर्षभन्दा लामो समयदेखि रोकिएको अवस्थामा छ। कोरोना बीमाको कूल बक्यौता ११ अर्ब ४४ करोड रूपैयाँ रहेको छ । सरकारले दिएको एक अर्ब रकममा बीमा कम्पनीहरूले थपेर एक अर्ब ८१ करोड रूपैयाँ भुक्तानी हुनेछ।

कोरोना बीमा मापदण्ड गैर कानुनी भएको भन्दै सर्वोच्च अदालतमा परेको रिट बिचाराधिन अवस्थामै छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*