नयाँ बीमा ऐन कार्यान्वयनको तयारी तीव्र, कार्तिक २० गते बीमा सरोकारवालासँग बृहद छलफल हुने

१८ कार्तिक २०७९, शुक्रबार १२:०६

काठमाडौं । यही कार्तिक २२ गतेदेखि प्रारम्भ हुने नयाँ बीमा ऐन २०७९ को कार्यान्वयनको तयारी सुरु गरेको छ । बीमा समितिले ऐन कार्यान्वयन हुने मितिको पूर्व सन्ध्यामा यही कार्तिक २० गते सबै बीमा कम्पनीका सिईओ, अध्यक्ष तथा सञ्चालकहरुसँग बृहद छलफल गर्न लागेको छ ।

गत असोज २३ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बीमा ऐन यही कार्तिक २२ गतेदेखि कार्यान्वयनमा जाँदैछ । कार्तिक २२ गतेदेखि हालको बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ भने २०४९ सालदेखि आजसम्म बीमा क्षेत्रलाई डोर्याउँदै आएको बीमा ऐन २०४९ को विदाई गरिनेछ ।

नयाँ ऐन कार्यान्वयनको सन्दर्भमा छलफल हुन लागेको हो । समितिले काठमाडौंको एक होटलमा सबै स्टेकहोल्डरलाई बोलाएर छलफल गर्न लागेको हो । सो छलफलमा बीमा ऐन कार्यान्वयनका चुनौतिहरु तथा त्यसमा बीमा कम्पनीहरुले खेल्नुपर्ने भूमिकाहरुको विषयमा छलफल हुनेछ । कानुन कार्यान्वयनका जटिलता सम्बन्धमा पनि छलफल हुनेछ ।

नयाँ बीमा ऐन २०७९ कार्यान्वयनमा आउने वित्तिकै हालको बीमा समिति, अध्यक्ष प्राधिकरणको अध्यक्ष बन्नेछन् भने बीमा समितिको नाम बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ । बृहद छलफलमा बीमा अभिकर्ता, बीमा सर्भेयरहरुलाई पनि उपस्थित हुन भनिएको छ । कानुन कार्यान्वयनका स्टेक होल्डरहरुसँग छलफल औपचारिक हुने भएपनि ठोस निर्णयहरु भने हुनेछैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*