नयाँ बीमा ऐनबारे बीमा अभिकर्ता, सर्भेयर र मूल्याङ्कनकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

१९ कार्तिक २०७९, शनिबार २०:१४

सुर्खेत । बीमा समितिले बीमा अभिकर्ता, सर्भेयर र मूल्याङ्कनकर्ताका बीचमा बीमा सचेतना तथा अन्तरक्रिया कार्यएक्रम सम्पन्न गरेको छ । बीमा समिति कर्णाली प्रदेशको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

आज सुर्खेतस्थित बीमा समितिका कर्णाली प्रादेशिक कार्यालय प्रमुख उप निर्देशक पदम प्रसाद सोडारीको प्रमुख आतिथ्यमा सो क्षेत्रमा कार्यरत बीमा अभिकर्ता, बीमा सर्भेयर र मूल्याङ्कनकर्ताहरुका बीचमा समसामयिक विषय तथा नयाँ बीमा ऐन २०७९ का विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश प्रमुख सोडारीले यही कार्तिक २२ गतेदेखि लागू हुने नयाँ बीमा ऐन २०७९ का बारेमा छलफल भएको हो । जीवन बीमा अभिकर्ता, निर्जीवन बीमा अभिकर्ता, सर्भेयर तथा मूल्याङ्कनकर्ताहरु उपस्थित थिए ।

सर्भेयर इश्वर जिसीले नयाँ बीमा ऐनमा भएको व्यवस्थाले थप सहिजकरण गरिएको र व्यवस्थित बनाउने प्रयास भएको बताए । कार्यक्रममा बीमा अभिकर्ताहरुले सरेण्डरहरु बढेको हो । जस्तोसुकै व्यक्तिलाई लाइसेन्स दिएका कारण सरेण्डर बढिरहेकोमा बीमा समितिको ध्यानाकर्षण गराएका थिए ।

डा. हरि प्रसाद शर्माले बीमा सचेतनाको लागि ऐन नै बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । कार्यक्रममा कोरोना बीमाको विषय उठेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*