विश्वव्यापी रुपमा पुनर्बीमा व्यवसाय संकटमा रहेको सिंगापुर सम्मेलनको निष्कर्ष

कोरोना महामारी, साईबर सुरक्षा र जलवायु परिवर्तन मुख्य चुनौति, पुनर्बीमा शुल्क उच्च अंकले बढ्दै
२० कार्तिक २०७९, आईतवार १७:१७

काठमाडौं । सिंगापुरमा हालै सम्पन्न भएको अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा विश्व पुनर्बीमा व्यवसाय संकटमा परेको निष्कर्ष निकालिएको छ । सो सम्मेलनमा सहभागी भई नेपाल फर्केका नेपाल पुनर्बीमा कम्पनीका सिईओ तथा पोखरा विश्व विद्यालयका सह प्राध्यापक डा. रविन्द्र घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलनमा पुनर्बीमा व्यवसाय चुनौतिपूर्ण बन्दै गएको निष्कर्ष निकाल्दै समस्या समाधानको लागि सामूहिक रुपमा लड्ने प्रतिबद्धता जनाउँदै सम्पन्न भएको छ ।

नेपालका तर्फबाट सहभागी भएका डा. घिमिरेले भने, ‘ओभरअल रिइन्स्योरेन्स क्राईसिसमा रहेको निष्कर्ष निकालिएको छ ।’ अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा यस्तो निष्कर्षसँगै अब पुनर्बीमा व्यवसायको दररेट उच्च बृद्धि हुने भएको छ । एक ब्रोकर कम्पनीका अधिकारीका अनुसार सेप्टेम्वरसम्मको ट्रिटी नविकरण र अब हुने ट्रिटी नविकरणको दररेट फरक परिसकेको छ ।

चार दिनसम्म चलेको अन्तर्राष्ट्रिय सम्मेलनमा पुनर्बीमा व्यवसायका चुनौति, यसका अप्ठेराहरु, कोभिम महामारीका कारण उत्पन्न आर्थिक संकट, विश्व आर्थिक संकटबाट उत्पन्न हुने थप जोखिम, साईबर सुरक्षा मुख्य चुनौतिका रुपमा लिँदै आगामीमा दिनमा विश्वभरका ठूला पुनर्बीमा कम्पनीहरुले मिलेर सामूहिक रुपमा चुनौतिहरु सामना गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालबाट नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनी, अन्य केही ब्रोकर कम्पनीहरु तथा बीमा कम्पनीका प्रतिनिधिहरु सहभागी थिए । हिमालयन रि इन्स्योरेन्स कम्पनीले स्टल नै राखेर अन्तर्राष्ट्रय बजारमा प्रचार प्रसार गरेको छ ।

सो सम्मेलनमा ११ हजारदेखि २५ हजार डलरसम्मका स्टलहरु रहेका थिए । सो मध्ये हिमालयन रि इन्स्योरेन्सले ११ हजार डलरको स्टल लिएर अन्तर्राष्ट्रिय बजारमा पुनर्बीमाको प्रचार प्रसार गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*