मर्जर प्रकृयामा रहेका बीमा कम्पनीहरुलाई प्रगती विवरण बुझाउन बीमा प्राधिकरणको निर्देशन

२९ कार्तिक २०७९, मंगलवार १२:४६

काठमाडौं । मर्जर प्रकृयामा रहेका बीमा कम्पनीहरुलाई प्रगती विवरण बुझाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ। बीमा प्राधिकरणले एक आपसमा गाभ्ने र गाभिने सहमती भएका बीमा कम्पनीहरुलाई प्रगती विवरण पेश गर्न निर्देशन दिएको हो ।

बीमा प्राधिकरणले मर्जरको प्रकृयामा रहेका कम्पनीहरुलाई हालसम्मको प्रगती विवरण सहित सयुक्त मर्जर कमिटीका संयोजक र सदस्यहरुलाई उपस्थित हुन आग्रह गरेको छ।प्राधिकरणले मर्जर प्रकृयामा रहेका कमपनीहरुको अवस्थाबारे बुझन प्रगती विवरण सहित उपस्थित हुन आग्रह गरेको हो । यसअघि पनि मर्जर प्रकृयामा ढिलाई गरिरहेका कम्पनीहरुलाई सपष्टीकरण सहित उपस्थित हुन निर्देशन दिएको थियो ।

त्यस्तै, अझै पनि क्रस हेल्डिङको नियम नमान्ने कम्पनीहरुलाई पनि प्राधिकरणले सपष्टीकरण सोधेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*