संस्थागत बीमा अभिकर्ताहरुले जथाभावी नाम राख्न नपाउने, नामको पछाडि ‘इन्स्योरेन्स एजेन्ट’ अनिवार्य, बीमा प्राधिकरणले काट्यो पत्र

१ मंसिर २०७९, बिहीबार २१:०१

काठमाडौं । बीमा प्राधिकरणले संस्थापक बीमा अभिकर्ताहरुलाई जथाभावी नाम नराख्ने सम्बन्धमा सिफारिस नगर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा प्राधिकरणकी उप निर्देशक लक्ष्मी ढकालले सबै बीमा कमपनीहरुको नाममा जारी निर्देशनमा बीमा कम्पनीहरुलाई संस्थागत बीमा अभिकर्ताहरुको नाम सिफारिस गर्दा ‘बीमा’ नाम नजोड्न र नामको अन्त्यमा इन्योरेन्स एजेन्ट राख्न निर्देशन दिएको छ ।

निर्देशनमा भनिएको छ, ‘संस्थागत बीमा अभिकर्ता बन्ने त्यस्ता संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा नामको पछाडि बीमा अभिकर्ता वा इन्स्योरेन्स एजेन्स भन्ने वाक्य अनिवार्य हुनुपर्ने व्यहोरा निर्णयाअनुसार जानकारी गराइन्छ ।’

बीमा प्राधिकरणले संस्थागत बीमा अभिकर्ताहरुले बीमा कम्पनीहरु जस्तै नाम राखेर बीमा व्यवसाय गरेर झुक्याउन थालेपछि यस्तो निर्देशन दिएको हो ।
बीमा समितिले जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरु दुवैलाई यस्तो निर्देशन पठाएर बीमा अभिकर्ताको नाम सम्बन्धमा स्पष्ट पारेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*