बीमा कम्पनीको सञ्चालक वा सिईओ बन्न प्रहरी प्रतिवेदन अनिवार्य, सम्पत्ति शुद्धिकरणमा कडाई गर्ने बीमा प्राधिकरणको निर्णय

७ मंसिर २०७९, बुधबार १४:१७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । नयाँ व्यवस्था अनुसार बीमक कम्पनीको सिईओ तथा सञ्चालक बन्न प्रहरी प्रतिवेदन आवश्यक पर्ने भएको छ ।

प्राधिकरणले यस प्रकृयालई थप प्रभावकारी बनाउन बीमा कम्पनीहरुलाई ६ बुँदे निर्देशन दिएरै सचेतता अपनाउन भनेको छ । प्राधिकरणले बीमालेखमा बीमितको परिचय खुल्ने कागजात जस्तै, नेपाली नागरिकता र सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात अनिवार्य व्यवस्था गर्न निर्देशन दिएको छ ।

कम्पनीले बीमालेखमा हितग्राही उल्लेख गर्दा उक्त व्यक्ति उच्च राजनैतिक व्यक्ति एकको वा नभएको एकिन गनुपर्ने निर्देशनमा उल्लेख रहेको छ ।

प्राधिकरणका अनुसार पच्चीस लाख भन्दाबढी बीमाङ्क कायम गरी जीवन बीमालेखमा इच्छाईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिनुपर्ने जनाएको छ ।

त्यस्तै, बीमा कम्पनीहरुका संचालक तथा कार्यकारी प्रमुखको नियुक्त सम्बन्धी उपयुक्त परिक्षण निजको अपराधिक पुष्ठभूमिबारे जानकारी लिन प्रहरी प्रतिवेदन अनिवार्य लिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

शेयर कारोबारको हकमा एक प्रतिशतभन्दा बढीको संस्थापक शेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पेश गनुपर्ने निर्देशनमा उल्लेख रहेको छ ।

हिजो जारी निर्देशनको ६ नम्बरको बुँदामा बीमा कमपनीहरुका कर्मचारी तथा बीमा अधिकर्ताका लागि सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलाप वित्तिय लगानी निवारण सम्बन्धी तालिम अभिमुखिकरणको सङख्या बढाउनुपर्ने सूचनामा उल्लेख रहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*