झिनो अंकले बढ्यो नेप्से, कारोबारमा देखिएन उत्साह

८ मंसिर २०७९, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । दुईदिनयता सामान्य अंकले घट्न पुगेको नेप्से परिसूचक आज ११.५६ अंकले बढेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
शेयरबजार खुलेको केही समयसम्म नेप्सेमा घटबढको उतारचढाव देखिएसँगै आज कारोबार खासै सन्तोषजनक नदेखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*