पाँच हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, कुनको कति ?

८ मंसिर २०७९, बिहीबार १६:५६

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ कम्पनीलाई साधारणस शेयर (आइपीओ) निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।
सेबोनले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर लिमिटेड, सुपर मादी हाइउड्रोपावर, माया खोला हाइड्रोपावर र सुभम पावर लिमिटेडलाई आइपीअ‍ो जारी गर्न अनुमति दिएको हो ।

एशियन हाइड्रोपावर
बोर्डले एशियन हाइड्रोपावरलाई १०० रुपैयाँ अंकित दरका ३४ करोड रुपैयाँ बराबरको कुल ३४ लाख कित्ता शेयर जारी गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी दुई चरणमा आइपीओ जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

सुपरमाई हाइड्रोपावर
बोर्डले सुपरमाई हाइड्रोपावरलाई अंकित मूल्य १०० रुपैयाँ दरका ५० करोड रुपैयाँ बराबरको कुल ५० लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले स्थानीय र सर्वसाधारण गरी दुई चरणमा आइपीअ‍ो जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

सुपर मादी हाइड्रोपावर
कम्पनीले सेबोनबाट मंसिर १ गते आइपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका २ अर्ब १० करोड रुपैयाँ बराबरको कुल २ करोड १० लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आइपीओ निष्काशनको अनुमति पाएको हो ।

मादी खोला हाइड्रोपावर
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबरको कुल १ करोड कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीलाई बोर्डले मंसिर १ गते आइपीओ निष्काशनको स्वीकृति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । मादी खोलाले पनि स्थानीय र सवसाधारणका लागि गरी दुई चरणमा आइपीओ जारी गर्नेछ ।

शुभम पावर लिमिटेड
शुभम पावर कम्पनीले सर्वासधारणका लागि आइपीओ निष्काशन गर्न मंसिर १ गते बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ४० करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*