अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज

९ मंसिर २०७९, शुक्रबार ०९:१३

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आज हुदैछ ।कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले सभा आज अर्थात मंसिर ९ गते, शुक्रबार लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सभाले कुनै उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमशः ७०ः३० को अनुपातमा रहेको संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*