बीमा क्षेत्रको सर्वाधिक व्यवसाय गर्ने शिखर इन्स्योरेन्सले कुन आवमा कति दियो लाभांश ? (लाभांश इतिहाससहित)

१० मंसिर २०७९, शनिबार ०८:००

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले विगत ११ वर्षयतादेखि आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।६९ देखि शेयरधनीहरुलाई लाभांश बाँड्न सुरु गरेको हो ।

लाभांश इतिहास केलाउँदा कम्पनीले आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल वितरण गर्दै आइरहेको छ । इन्स्योरेन्सले न्यूनतम २१ प्रतिशत देखि अधिकतम ६३ प्रतिशतसम्म लाभांश बाँडेको छ ।

११ वर्षको लाभांश इतिहासमा कम्पनीले २०७५।७५ र २०७५।७६ गरी दुई आर्थिक वर्ष बाहेक अन्य आवमा शेयरधनीलाई चित्तबुझ्दो बोनस शेयर र नगद लाभांश बाँडेको थियो । कम्पनीको रिपोर्टअनुसार सबैभन्दा बढी आव २०७२।७३ मा कम्पनीले शेयरधनीहरुलाई ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.१६ प्रतिशत नगद लाभांश गरी कुल ६३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, निर्जिबन बीमा ब्यवसायमा उल्लेख्य विस्तार गर्दै कम्पनीले आर्थिक वर्ष २०७७।७८ मा भने आफ्ना शेयरधनीहरुका लागि बोनस शेयर र नगद लाभांश वितरण नगरी कायम चुक्तापुँजीको १ः०.३ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो ।

कम्पनीको हाल कायम चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६० पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ५९ पैसा रहेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीको लाभांश इतिहास : 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*