लाइसेन्स पाउने ७ वटा लघुबीमा कम्पनीको सूचि तयार हुदै, सार्वजनिक गर्ने अन्तिम तयारीमा बीमा प्राधिकरण

११ मंसिर २०७९, आईतवार १२:५२

काठमाडौं । बीमा प्राधिकरणले नै मत गणना नसकिदै नयाँ लघुबीमा कम्पनीहरुको छनौट प्रकिया अघि बढाएको छ । बीमा प्राधिकरणले निर्वाचन सकिए लगत्तै सात वटा लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्न कम्पनी छनौट गरेको हो । आवेदन दिएका ३१ वटा बीमा कम्पनीहरुकै मूल्याङ्कन सकिएको छ । अर्काे कुनै निर्णय नभएमा सम्भवतः भोलि नै नयाँ लाइसेन्स पाउने कम्पनीहरूकाे सूचि सार्वजनिक हुुनेछ ।

बीमा प्राधिकरणले छनाैट प्रक्रिया अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । बीमापोष्टलाई प्राप्त सूचनामा प्राधिकरणले भोलि नै ७ वटा कम्पनीले लाइसेन्सका लागि छनौट भएको सूचना प्रकाशन गर्ने अन्तिम तयारी गरिसकेको छ ।गत भदौंं १० गते जारी गरेको सूचना अनुसार ७ वटा बीमा कम्पनीको लाइसेन्स तत्काल वितरण गर्न लागेको हो । बीमा प्राधिकरण सञ्चालक समितिकाे बैठकले यस सम्बन्धी निर्णय गरिसकेकाे छ । शुक्रबार र शनिबार सम्पन्न भएको बैठकले लाइसेन्स पाउने ७ वटा बीमा कम्पनीहरुको सूचि फाइनल गरेको हो ।

बीमा प्राधिकरणको गत शुक्रबार बसेको बैठकले एक साताभित्रैमा नयाँ लघुबीमाको लाइसेन्स वितरण गर्ने औपचारिक निर्णय भएको पुष्टि गरेको छ। बीमा प्राधिकरणमा निर्वाचनकै बेलामा भित्रभित्रै लघुबीमाको लाइसेन्सको लागि कम्पनी छनौट गर्ने काम भइरहेको थियो ।

प्राधिकरण स्रोतका अनुसार आवेदन दिएका ३१ वटा बीमा कम्पनीहरुको मूल्याङ्कनको काम सम्पन्न भई प्रतिवेदन समेत बुझाईसकिएको छ । निर्वाचन सकिएर नयाँ सरकार नबन्दै बीमा प्राधिकरणले लाइसेन्स वितरण गर्न लागेकाे हाे ।

नयाँ लाइसेन्स वितरण गर्ने कार्य विधि र प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई हुुन बाँकी छ । सर्वोच्च अदालतमा आगामी पुस ३ गतेका लागि पेशी तोकिएको छ । उत्प्रेषणको आदेशद्धारा बदर गर्न मागसहित रिट परेकोले गैर कानुनी वा त्रुटीपूर्ण रुपमा लाइसेन्स दिन लागेको भएमा खारेज हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*