नेपाल रिबाट डा. घिमिरे हटाइएसँगै बीमा क्षेत्र स्तब्ध, अर्थमन्त्री शर्मा र माओवादीसँग रुष्ट

१४ मंसिर २०७९, बुधबार १२:१९

काठमाडौं । कुनै समय थियो– माओवादी भन्ने वित्तिकै समाज सुधारक, गाउँमा जाँडरक्सीको घ्याम्पो फुटाउने क्रान्तिकारी, गाउँका सामन्तको घरमा पुगेर तमसुकहरु च्यात्ने गर्दथे । आज पनि जनताको मनमा माओवादी वा कम्युनिष्ट वा क्रान्तिकारी भन्ने वित्तिकै त्यस्तै चित्र कोरिन्छ । तर, अर्थमन्त्री जनार्दन शर्माको पछिल्लो गतिविधिले सिंगो माओवादीप्रति बीमा क्षेत्र स्तब्ध मात्रै छैन रुष्ट समेत बन्न पुगेको छ ।

अर्थ मन्त्रालय सधैं बीमा क्षेत्रको ज्ञाता खोज्ने वित्तिकै डा. रविन्द्र घिमिरेको नाम खोजी गर्दछ । त्यस्तै बीमा क्षेत्रमा त डा। घिमिरे नखोज्ने कम्पनी, बीमा प्राधिकरण वा अन्य निकाय कुनै हुँदैन । उनै घिमिरेलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गर्ने प्रक्रिया अघि बढाए । जनतालाई लाग्यो, उज्यालोका नायक भनेर चिनिएका जनार्दन शर्माले निक्कै राम्रो काम गर्दैछन् ।

तर, जनार्दन शर्माको करिब डेढ वर्षे कार्यकालमा बीमा क्षेत्रले मात्रै नभई सिंगो अर्थतन्त्रले नकारात्मक प्रतिविम्व बनाएर चिन्न पुगेको छ । अझ निर्वाचन सम्पन्न भई जाँदा जाँदै नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा.रविन्द्र घिमिरेको राजिनामा माग गरेको घटनाले सिंगो बीमा जगत स्तब्ध बन्न पुगेको छ । एक निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीले गुनासो गर्दै भने, ‘नेपाली बीमा क्षेत्रका कुनै पनि निकायमा बीमा बारेमा सैद्धान्तिक राम्रो ज्ञान भएका व्यक्तिहरुको उपस्थिति छैन । डा। घिमिरेलाई नेपाल पुनर्बीमा कम्पनीको नेतृत्व सुम्पदा सरकार र नियामकलाई समेत बीमाबारे धेरै ठूलो सहयोग हुन्थ्यो, तर अर्थमन्त्री शर्माले बुझ्न सकेनन् ।’

सरकारी लगानीको बीमा कम्पनीमा कार्यरत रही बीमा क्षेत्रमा अध्ययन गर्दै आएकी एक बीमा कर्मचारीले दुखेसो गर्दै भनिन्, ‘बीमा क्षेत्रमा बल्ल एक जना राम्रो मानिस सक्रिय हुनु भएको थियो, त्यो पनि सरकारलाई पचेन, बीमा क्षेत्रमा केही गरौं भन्नेहरुको लागि यो दुर्भाग्यपूर्ण अवस्था हो ।’

पछिल्लो समय बीमा क्षेत्रमा माओवादी बद्नाम बन्दै गइरहेको छ । सिंगो देश घण्टीमय बन्दै गइरहेको बेला बीमा क्षेत्रका बिज्ञलाई सरकारी लगानीको कम्पनीबाट हटाउने अर्थमन्त्री निर्णयबारे हरेक बीमा कम्पनीहरुमा बहस भइरहेको छ । बीमा कम्पनीका सहायक कर्मचारीदेखि सिईओ र सञ्चालक अनि अध्यक्षहरुले चिन्ने पहिचान बनाएका डा. घिमिरेका विरुद्धमा अर्थमन्त्री शर्मा र उनको परिवारका सदस्यहरु बसेर गरिएको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग बीमा क्षेत्रमा उठेको छ । जीवन बीमालाई संस्थागत बीमाको लाइसेन्समा जोड दिनुभन्दा पनि बीमा अभिकर्ताहरुको पेशागत हक सुरक्षित गर्नुपर्दछ भन्ने धारणा राख्ने बीमा विज्ञ डा। घिमिरेलाई देशैभरिका करिब तीन लाख बीमा अभिकर्ताहरुले बीमा क्षेत्रका एक अभियान्ताको रुपमा चिन्दछन् । बाराका राजु साह अर्थमन्त्री शर्माको कदमले सिंगो बीमा जगत स्तब्ध बनाउने गुनासो गर्दछन् । बारा मात्रै नभई बीमा डडेलधुराका बीमा अभिकर्ता बसन्त भण्डारीले अर्थमन्त्रीले नैतिकता मात्रै गुमाएको नभई सिंगो माओवादीको बद्नाम गर्ने काम गरेको आरोप लगाउँछन् ।

पछिल्लो समय अर्थमन्त्री शर्माले पुराना कम्युनिष्ट नेता समेत रहेका डा. घिमिरेलाई नेपाल पुनर्बीमा कम्पनीबाट हटाएको विषय रुकुम पश्चिमका बीमाकर्मीहरुका बीचमा समेत चर्चा र चासोको विषय बनिरहेकोछ ।

कोरोना बीमा बीमाको सिद्धान्त अनुसार नभएकोले बीमा नै भन्न नमिल्ने अडान २०७७ सालदेखि नै राख्दै आएका डा। घिमिरेले कोरोना बीमाको पोलिसी बनाएर बिक्री गर्नेहरुलाई जेलमा कोच्नुपर्ने धारणा नेपाल रिको अध्यक्ष बन्नु अघि नै दिँदै आएका थिए । कोरोना बीमा काण्डमा नेपाल रीका अध्यक्ष डा। घिमिरेले नै पद त्याग गर्नुपरेपछि नेपाली बीमा कम्पनीहरु स्तब्ध बन्दै नेपाल रिको हिस्सा कम्पनीहरुले नै राखेर हाललाई समायोजन गर्ने निर्णय गरिसकेका छन् ।

उता, अर्थमन्त्री शर्माको दवावपछि राजिनामा दिएका पोखरा विश्व विद्यालयका उप प्राध्यापक समेत रहेका डा। घिमिरेले तत्काल नेपाल पुनर्बीमा कम्पनीमा नफर्कने प्रतिक्रिया दिएका छन । उनले संक्षिप्तमा भने, ‘अब भयो म फर्कने कुनै इच्छा छैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*