चौकुने गाउँपालिकामा बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमा दावी भुक्तानी लिन कठिन रहेको गुनासो

१७ मंसिर २०७९, शनिबार २३:३३

काठमाडौं । बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयको आयोजनामा सुर्खेत जिल्लाकै विकट चौकुने गाउँपालिकाका स्थानीय सर्वसाधारण र जनप्रतिनिधिसँग हिजो बीमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुुख पदम प्रसाद सोडारीको सभापत्विमा तथा चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विक (विवस) को प्रमुख आतित्थ्यमा सम्पन्न भएको हो । बीमा सचेतना कार्यक्रमका सहभागीहरुले बीमाको दावी भुक्तानी असाध्यै कठिन हुन थालेको गुनासो गरेका छन् । वडा अध्यक्षहरु जिरक बडुवाल, मायाराम जैसी, गणेश राना, टोप बहादुर बिसी, तुलाराम बिसी, गोविन्द थापा, धनिराम धमला, कमल बहादुर जिसी, ऋषिराम खनाल र नन्दराम खनालको उपस्थिति रहेको कार्यक्रममा बीमा प्राधिकरणको नियमन अझै प्रभावकारी बनाउन सुझाव दिइएको छ ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुमा दावी भुक्तानी लिन भिख मागे जसरी धाउनु पर्ने, अनुरोध गर्नुपर्ने विद्यमान अवस्था अन्त्य गर्न बीमा प्राधिकरणले भूमिका खेल्नुपर्ने गुनासो उठेको छ । स्थानीय किसान, सहकारी संस्थाका प्रतिनिधिहरु सहभागी कार्यक्रममा किसानहरुले कृषि बीमा ल्याए पनि सफल हुन नसकेको गुनासो गरेका थिए । त्यस्तै, कार्यक्रममा स्वास्थ्य बीमाका बारेमा पनि गुनासो उठेको छ ।

कार्यक्रमलाई सम्बोधन चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले आम जनतालाई बीमामा आबद्ध गराए जोखिम न्यूनिकरण गर्न भूमिका खेल्नुपर्ने बताए । उनले सबै जनतालाई आफूले सकेको बीमामा कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । कृषि बीमा, स्वास्थ्य बीमा, पशु बीमा, जीवन बीमा र सम्पत्ति बीमाहरु जनताकै लागि अघि बढाइएको सार्वजनिक सेवा भएकोले यसबाट फाइदा लिन सहभागीलाई आह्वान गरेका छन् ।

गर्दै बीमा प्राधिकरणका उप निर्देशक कर्णाली प्रदेश कार्यालय प्रमुख सोडारीले बीमा प्राधिकरणले बीमा दावी भुक्तानी नपाउने अवस्थामा उजुरी लिई छानविन गरी दावी भुक्तानी दिलाउने कार्यमा भूमिका खेल्दै आएको बताउँदै कुनै पनि बीमितले बीमा कम्पनीबाट दावी भुक्तानी नपाएको, समयमा नपाएको, ढिलाई गरेको, घुस मागेको छ भने बीमा प्राधिकरणमा लिखित रुपमा उजुरी दर्ता गर्न सकिने व्यवस्था रहेको बताउँदै त्यसरी दर्ता भएका उजुरीमाथि निष्पक्ष छानविन हुने विश्वास दिलाए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*