तेस्रो पक्षमार्फत अभिकर्ताको प्रश्नावली तयार पार्ने प्राधिकरणको निर्णय, जनशक्ति अभाव हुँदा आफैले प्रश्नावली बनाउन सकेन

१८ मंसिर २०७९, आईतवार ११:३९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मार्फत अभिकर्ताको प्रश्नावली तयार पार्ने भएको छ । प्राधिकरणमा जनशक्ति अभाव भएको कारण आफैले प्रश्नावली बनाउन नसक्ने भएपछि रोष्टर आह्वान गरेको छ ।कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या हुने गरेको छ । पछिल्लो समय नेपालमा १९ वटा जीवन बीमा कम्पनी, १८ वटा र्निजीवन बीमा कम्पनी र २ वटा पुर्नबीमा कम्पनीहरु सञ्चालनमा रहेका छन्।

संख्यात्मक रुपमा बढ्दै गएको बीमा कम्पनीहरु र तिनले बढाउँदै गएको व्यवसायलाई नियमन तथा सुपरिवेक्षण गर्न अहिले बीमा समितिसँग भएको कर्मचारीको संख्या पर्याप्त छैन्। जसको कारण सामान्य कामको लागि प्राधिकरणले रोष्टर आह्वान गनुपर्ने बाध्यता रहेको छ।

प्राधिकरणले बीमा मध्यस्कर्ता (अभिकर्ता) परिक्षा संचालन सम्बन्धी निर्देशिका २०७९, बमोजिम अभिकर्ताहरुको परिक्षा संचालनको लागि आवश्यक प्रश्नपत्र निमार्ण गर्न रोष्टरमा आह्वान गरेको छ ।
प्राधिकरणले मंसिर २० गतेसम्म रोष्टरमा सहभागी हुन इच्छुकलाई आग्रह गरेको छ । प्राधिकरणले आवेदन आएपश्चात् छनौट भएको रोष्टरमा सूचीकृत भएका व्यक्तिहरुको विवरण पछि सार्वजनिक गर्ने जनाएको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*