समयमै वित्तीय विवरण तयार पार्न बीमा प्राधिकरणको निर्देशन, ढिलाई गर्नेले लाखौं रुपैयाँ जरिवना तिर्नुपर्ने

२० मंसिर २०७९, मंगलवार २१:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै छ महिनाभित्रैमा तयार पार्नुपर्ने वित्तीय विवरण समयमा नै तयार पार्न निर्देशन दिएको छ ।

बीमा समितिका निर्देशक दिनेश कुमार लालले सबै बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा बीमा ऐन २०७९ को दफा ८७ बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखा परिक्षण गराउनुपर्ने र छ महिनाभित्रमा तोकिएको ढाँचामा बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था स्मरण गराउँदै समयमै वित्तीय विवरण पार्ने काममा ध्यान दन निर्देशन दिएको हो ।

बीमा प्राधिकरणले समयमा नै वित्तीय विवरण तयार नगर्ने बीमक कम्पनीमाथि दफा १३८ बमोजिमको दण्ड जरिवनाको दफा आकर्षित हुने जनाएको छ । वित्तीय विवरण तयार गर्न ढिलाई गर्ने बीमकले दैनिक लाखौं रुपैयाँ जरिवना तिर्नुपर्ने नयाँ ऐनमा व्यवस्था छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*