इन्स्योरेन्स इन्स्टिच्युट नेपाललाई एकेडेमिक बनाईने , अन्तराष्ट्रिय स्तरमा समेत समन्वय गर्ने तयारी

२३ मंसिर २०७९, शुक्रबार १५:२९

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाललाई एकेडमिक बनाउने तयारी गरेको छ । अन्तराष्ट्रिय स्तरमा समेत समन्वय गर्दै अघि बढ्ने तयारी गरेको इन्स्टिच्युटका प्र्रमुख कार्यकारि अधिकृत भोजराज शर्माले बताए ।

जसको लागि इन्स्टच्युट नेपालले चुक्ता पुँजि वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने भएको छ। इन्स्टिच्युटले हाल कायम रहेको चुक्ता पूँजीको ३०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हाल इन्स्टिच्युटको चुक्ता पूँजी ५ करोड रुपैयाँ छ । ३०० प्रतिशत हकप्रद शेयर जारी गरेपछि कमपनीको पुँजि २० करोड रुपैयाँ रहेको छ।

इन्स्टिच्युटले पुस २२ गते चौथो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनीले व्यवसायिक क्रियाकलापलाई बृद्धि तथा विकास गर्नका लागि पूँजी बढाउने भएको हो । इन्स्टिच्युटले यसका लागि प्रवन्धपत्रको दफा ४ को एक को उद्देश्य खण्डमा उद्देश्यहरु समेत थप्ने भएको छ ।

इन्स्टिच्युटले प्रचलित कानुनको अधिनमा रही बीमा, जोखिम व्यवस्थापन, सामाजिक सुरक्षाका विषयमा पेशागत तालिम संचालन गर्नेछ ।
लाईसेन्सियट्ससिप, एसोसियट्ससिप, फेलोसिप तथा बीमा सम्बन्धी पेशागत कोर्षहरु संचालन गर्ने, शैक्षिक कोर्षहरु तयार गर्ने र परिक्षाहरु संचालन गर्ने र विश्वविद्यालयको सम्बन्धनमा स्नातकोत्तर कार्यक्रम संचालन गर्ने र परिक्षाहरु संचालन गन भएको छ ।

त्यस्तै, बीमा, जोखिम व्यवस्थापन, सामाजिक सुरक्षाका विषयमा नीतिगत तथा व्यवहारिक अनुसन्धान गर्ने तथा सो सम्बन्धी सामाग्रीहरु तयार गर्ने तथा प्रकाशन गर्ने योजना रहेको छ।अन्तराष्ट्रिय क्षेत्रमा बीमा सम्बन्धी अध्ययन, अध्यापन अनुसन्धान गर्ने शैक्षिक तथा व्यवसायिक संस्थाहरुसंग सहकार्य गर्ने, क्रेडिट ट्रान्सफर गर्ने र विद्यार्थी तथा प्रशिक्षार्थीहरुको बीमा, जोखिम व्यवस्थापन, सामाजिक सुरक्षाका क्षेत्रमा व्यवहारिक ज्ञान उपलब्ध गराउनका लागि देश तथा विदेशका बीमा सम्बन्धी निकायहरुमा कार्यस्थल तालिम गर्ने तथा इन्टर्नसिप गराउने हुँदा यसमा लागत बढी लाग्ने हुँदा पुँजि वृद्धिमा जोड दिएको हो ।

बीमा, जोखिम व्यवस्थापन, सामाजिक सुरक्षाका विषयमा अध्यापन, प्रशिक्षण गर्ने प्रशिक्षकहरुको शैक्षिक तथा प्राज्ञिक उन्नयन र क्षमता अभिबृद्धिका लागि तालिम तथा फ्याकल्टी विकास कार्यक्रमहरु संचालन गर्ने र प्रशिक्षकहरुको शैक्षिक तथा व्यवसायिक विकासका लागि देश र विदेशमा अध्ययन भ्रमण तथा सास्कृतिक आदान प्रदान गर्ने कार्यक्रम राख्ने तयारी गरेको छ।

देश तथा विदेशका बीमा सम्बन्धी निकायहरुसँगको सहकार्यमा वा स्वयंले नेपालको बीमा बजारलाई आवश्यक परामर्श सेवा उपलब्ध गराउने र राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा बीमा सम्बन्धी ज्ञान, सीप, अनुभवको आदान प्रदान गर्ने र सो को लागि सभा, सम्मेलन, गोष्ठी, छलफल तथा अन्तरक्रिया, कन्फरेन्स जस्ता कार्यक्रमहरुको आयोजना वा सह आयोजना गर्ने वा त्यस्ता कार्यक्रममा भाग लिन एजेण्डा रहेको छ।

बीमा मध्यस्थाकर्ता, अन्य बीमा सेवा प्रदायक तथा माग भै आएका पक्षहरुको लागि बीमा सम्बन्धी परिक्षा संचालन गर्ने र एकेडेमिक कार्य गर्नको लागि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्न मुख्य एजेण्डा रहेको छ।

त्यस्तै, नेपाल बीमा प्राधिकरण बाट बीमा ऐन, २०७९ को दफा १५६ बमोजिम बीमा प्राधिकरणको संरक्षकत्व तथा नेपाल बीमा प्रधिकरण र बीमा कम्पनीहरुको लगानीमा स्थापना भएको इन्स्योरेन्स इन्स्टिच्युट नेपालले बीमा कलेज संचालन गरी बीमा सम्बन्धी स्नातोकोत्तर कार्यक्रम संचालन गर्न निर्देशन भए बमोजिम विश्वविद्यालयको शैक्षिक कार्यक्रम संचालनको लागि सम्बन्धन प्राप्त गरी एकेडेमिक कार्य गर्ने मुख्य एजेण्डा इन्स्टिच्युटको रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*