बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय उद्घाटन भोलि हुँदै, अध्यक्ष सिलवालले उद्घाटन गर्ने

२५ मंसिर २०७९, आईतवार १२:५७

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयको भोलि एक समारोहका बीचमा बीरगन्जमा भव्य उद्घाटन हुने भएको छ । बीरगन्जस्थित टाउन हलमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको विशेष आतित्थ्यमा र बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्न लागेका हुन् ।

देशका सात वटै प्रदेशमा बीमा प्राधिकरणको उपस्थिति दर्शाउन गत आवदेखि नै सञ्चालनमा आएको प्राधिकरणको प्रदेश कार्यालयको भोलि मंसिर २६ गते उद्घाटन गर्न लागिएको हो ।

बीमा प्राधिकरणले मधेश प्रदेशको राजधानी जनकपुर भएपनि सबैभन्दा धेरै बीमा कारोबार हुने भएकोले बीरगन्जमा प्रदेश कार्यालय स्थापना गरिएको हो । सो प्रदेश कार्यालयले मधेश प्रदेशभरिका बीमा कम्पनीको शाखा कार्यालयहरुसँग समन्वय गरेर काम गर्नेछ ।

बीमा प्राधिकरणले बीमाको पहुँच ग्रामिण तहमा पुर्याउन प्रदेशमा शाखा कार्यालय खोल्ने निर्णय गरेको थियो । सो अनुसार कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा शाखा कार्यालय स्थापना भइसकेको छ । अझै लुम्बिनी, गण्डकी र प्रदेश नं १ मा शाखा कार्यालय खोल्न बाँकी छ ।

बीमा प्राधिकरणकी मधेश प्रदेश प्रमुख कुुसुम शर्मा रहेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*