बीमा प्राधिकरणले तोक्यो लघुबीमाको लगानीका क्षेत्र र सीमा, कुन-कुन क्षेत्रमा लागानी गर्न पाउने ?

४ पुष २०७९, सोमबार १२:०१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुतर्फबाट निर्जीवन बीमा र जीवन व्यवसाय गर्ने बीमकहरुका लागि लगानीका क्षेत्र र सीमा तोकि दिएकोे छ ।
हाल लघुबीमा बीमकले तोकिएको क्षेत्र भन्दा बाहिर गएर लगानी गर्न पाउने छैनन् । घरजग्गा व्यवसायमा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन बर्षमा एकपटक मूल्यांकन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

बीमकको निर्देशन अनुरुप कुल लगानीको आधारमा कायम गर्नुपर्ने लगानीको सीमा प्रत्येक दिन कायम गनुपर्नेछ । कुनै पनि कारणले मूल्य घटबढ भइ वा गाम्ने तथा गाभिने प्रक्रियाका कारणले निर्देशन बमोजिम न्यूनत्तम भन्दा कम र उच्चतम भन्दा बढी लगानी भएको देखिन आएमा त्यसरी सीमा नाघेको तीन कार्यदिन भित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याईसक्नुपर्नेछ ।

त्यस्तै,  मुद्धती निक्षेप वा डिवेन्चरमा गरिएको लगानी परिपक्क नभएसम्म सो रकम बराबरको लगानी बमोजिम भएको मानिने प्राधिकरणले जनाएको छ । बीमकले लगानी गर्नुपर्नै बैक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको पूँजीकोष कायम गरेको हुुनुपर्नेछ । तोकेको सीमाभन्दा बढी निस्क्रिय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारबाहीमा नपरेको हुनुपर्नेछ ।

बीमकले लगानी गर्नुपूर्व लगानी नीति तयार गर्नुपर्नेछ । त्यस्तै, लगानी गर्दा भुक्तानी गर्न बाँकी दाबी बराबरको रकम दुई बर्ष वा सो भन्दा कम अवधिको मुद्धती निक्षेपमा लगानी गरेको हुनुपर्नेछ ।लगानी गर्दा भुक्तानी गर्न बाँकी दाबी बराबरको रकम दुई बर्ष वा सो भन्दा कम अवधिको मुद्धती निक्षेपमा लगानी गरेको हुनुपर्नेछ ।

प्राधिकरणको निर्देशन बमोजिम लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र, ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा आफनो कुल लगानीको २५ प्रतिशत लगानी गर्नुपर्नेछ ।

यदी ऋणपत्रमा लगनी गर्न नसक्ने अवस्था आइपरेमा नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्राप्त क बर्गको बैक वा पूर्वाधार विकास बैंकको मुद्धती निक्षेपमा लगानी गनुपर्नेछ ।

त्यस्तै ,   बीमकले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क वर्गको बैक तथा पूर्वाधार विकास बैंकको मुद्धती निक्षेपमा कुल लगानीको ३० प्रतिशतसम्म लगानी गनुपर्नेछ । लगानी गर्ने बैंक कम्तीमा पाँच बर्षसम्म सञ्चालनमा आइ आफनो हिसाब किताबको नियमित लेखापरीक्षण गराइ कम्तीमा तीन बर्षसम्म नाफामा रहेको हुनुपर्नेछ । यस्तो खालको बैंकमा कुल लगानीको बढीमा १५ प्रतिशतसम्म लगानी गर्न सकिनेछ । तर, सञ्चालनमा आएको ५ बर्ष नपुगेका बैंकमा कुल लगनीको बढीमा पाँच प्रतिशतसम्म मात्र एउटै बैंकमा लगानी गर्न सकिने छ ।

त्यस्तै, बीमकले विकास बैंकको मुद्धती निक्षेपमा कुल लगानीको बढीमा १० प्रतिशतसम्म लगानी गर्न गर्नुपर्नेछ । लगानी गर्ने बैक कम्तीमा ५ बर्षसम्म सञ्चालनमा आइ आफनो हिसाब किताबको नियमित लेखापरीक्षण गराइ कम्तीमा तीन बर्षसम्म नाफामा रहेको हुनुपर्नैछ । सञ्चालनमा आएको पाँच बर्ष नपुगेका विकास बैंकको संस्थाको हकमा कुल लगानीको बढीमा दुई प्रतिशतसम्म एउटै बैंक तथा वित्तीय संस्थामा लगनी गर्न सकिनेछ ।

वित्तीय संस्थामा भने कम्पनीले कुल लगानीको पाँच प्रतिशतसम्म लगानी गर्न पाउनेछन् ।सञ्चालनमा आएको पाँच बर्ष पुरा नभएको कम्पनीको कुल लगानीको बढीमा एक प्रतिशतसम्म एउटै बैक तथा वित्तीय संस्थामा लगानी गर्न सकिनेछ ।

बीमकले बैक तथा वित्तिय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर ऋणपत्रमा कुल लगानीको ३० प्रतिशत लगानी गर्न सक्नेछन् । लगानी गरिने कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत भन्दा बढी हुने गरी लगानी पाइने छैन ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनियमय बजारमा सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशत लगानी गर्न सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्रमा प्राप्त धितोपत्र विनियम बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा कुल लगानीको बढीमा १० प्रतिशत लगानी गर्न सकिनेछ ।

साथै नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा कुल लगानीको बढीमा ५ प्रतिशतसम्म मात्रै लगानी गर्न सकिनेछ । तर, कुल लगानीको एक प्रतिशत भन्दा बढी रकम एउटै योजनामा लगानी गर्न भने पाइने छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*