नेप्सेद्वारा दुई कम्पनीको शेयरमूल्य समायोजन

२९ फाल्गुन २०७९, सोमबार १६:५३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कृषि विकास बैंकको शेयरमूल्य २९९ रुपैयाँका आधारमा नेप्सेले २ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमुल्य २९३ रुपैयाँ १४ पैसा कायम गरेको छ ।

त्यस्तै, स्वरोजगार लघुवित्तको ८१० रुपैयाँका आधारमा नेप्सेले २२ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ६६३ रुपैयाँ ९३ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि यी दुवै कम्पनीको कारोबार खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*