फाइनान्स कम्पनीहरुले पनि घटाए निक्षेपको ब्याज दर, कति घट्यो ?

२९ फाल्गुन २०७९, सोमबार २१:१३

काठमाडौं । बाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने भएको छ । फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले एक बर्षको मुद्दति निक्षेपको ब्याज दर ०।२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बताए।

तीन महिनामाथिको निक्षेपको ब्याज दर ०।१५ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेका छौं, उनले भने । निक्षेपको ब्याज दर घटेपछि लागत कम भएर आधार दर पनि कम हुन्छ।

बाणिज्य बैंक र विकास र्बैंकले भने ब्याजदर घटाईसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*