एनआइसी र नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

३० फाल्गुन २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । शेयरबजार खुलेको केही समयसम्म घटेको नेप्से सूचक मार्केट बन्द हुनेबेलासम्म १.८५ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सुधार देखिएपनि कारोबार भने खासै बढ्न सकेको छैन । आज एक अर्ब १३ करोडमाथिको कारोबार हुँदा सर्वाधिक एनआइसी एशिया बैंकको १० करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, दोस्रोमा नबिल बैंकको पनि ३ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै शिवम् सिमेन्ट्सको ३ करोड १६ लाख, हिमालयन डिष्टिलरीको २ करोड ७७ लाख र हिमालयन बैंक लिमिटेडको २ करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*