बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?

३० फाल्गुन २०७९, मंगलवार १५:५४

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओ कहिले बाँडफाँड होला भन्ने लगानीकर्ताहरुको चाँसोको विषय बनेको छ । कम्पनीको आइपीओ बाँडफाँड हुन अझै केही दिन लाग्ने भएको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडका अनुसार संस्थाको आइपीओ डाटा भेरिफिकेशनको काम अन्तिम चरण पुगेको र अब एक दुई दिनमा सकिनेछ । साथै डाटा भेरिफाइको काम सकिनासाथ प्रि–अलटमेन्ट गरी आइपीओ बाँडफाँड गर्ने क्यापिटलले जनाएको छ । काम चाँडै सकिएमा यसै साता आइपीओ बाँडफाँड गर्ने क्यापिटलले जनाएको छ ।

लघुवित्तको आइपीओमा अन्तिम दिनसम्ममा १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ क रोड ६५ लाख ५ हजा रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

यो सर्वसाधारणलाई छुट्याएको ८० हजार ९५० कित्ता शेयरको २०७.१० गुणा बढी हुन आउछ । यस हिसाबमा १० कित्ताका दरले आइपीओ बाँडफाँड गर्दा ८ हजार ९५ जनाले मात्रै शेयर पाउनेछन् भने बाँकी १५ लाख २८ हजार ८७८ जनाको हात रित्तो हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*