तीन लघुवितको शेयर मूल्य समायोजन

३० फाल्गुन २०७९, मंगलवार १७:५८

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । मनकामना स्मार्ट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडीसी लघुवित्तको शेयर मूल्य आज समायोजन भएको हो । यसैक्रममा मनकामना स्मार्टले शेयरधनीहरुलाई ४।७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु। ७२५।५४ कायम गरिएको छ । यसअघि रु। ७६० थियो ।

समता घरेलुले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु। ६३९।५७ कायम गरिएको छ । यसअघि रु। ७३५।५० थियो ।
यसैबीच, आरएमडीसीले शेयरधनीहरुलाई २६ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु। ७३८।२५ कायम गरिएको छ । यसअघि रु। ९३०।२० थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*