तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१ चैत्र २०७९, बुधबार ११:४४

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (चैत २ गते) अन्तिम दिन रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि चैत ३ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै यी तीनवटा कम्पनीको लाभांश पाउनेछन् ।

प्रुडेन्सियल इन्स्योरेन्सले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ३.३२५ प्रतिशत बोनस शेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावित लाभांश पारित गर्न कम्पनीले चैत १६ गते दियालो लर्डस प्लाजा, बीरगंज, पर्सामा दिनको १२ः३० बजे बस्नेगरी २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले चैत २९ गते बानेश्वर ब्याङ्क्वेट थापागाउँ, काठमााडौंमा बिहान ११ बजे बस्नेगरी २९औं साधारण सभा डाकेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तले पनि गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो लाभांश पारित गर्न संस्थाले चैत ११ गते शनिबार डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा बिहान ११ बजे बस्नेगरी छैठौं साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*