नेप्सेमा थप १० करोड ७७ हजार कित्ता शेयर सूचीकृत

१ चैत्र २०७९, बुधबार १३:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको शेयर सूचीकृत भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको १०० रुपैयाँ अंकित दरका कुल १० करोड ७७ हजार १९८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सेञ्चुरी बैंकको सूचीकरण खारेज भई बैंकको नाममा रहेको १० करोड कित्ता शेयर प्रभु बैंकको नाममा सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् सम्बन्धीत शेयरधनीहरुले भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*