एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१ चैत्र २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ ।

शेयरबजार घटेसँगै आज एक अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया बैंकको १० करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड २९ लाख, शिवम् सिमेन्ट्सको ४ करोड १ लाख र हिमालयन डिष्टिलरीको ३ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*