विपिडब्लु लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

३ चैत्र २०७९, शुक्रबार १४:०७

काठमाडौं । विपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ पाउने लगानीकर्ताहरुमा संस्थाको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।

कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ८६ रुपैयाँ ७८ पैसादेखि २६० रुपैयाँ ३४ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको आइपीओ पहिलो कारोबारको लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा ओपनिङ्ग मूल्य तोक्ने गर्दछ ।

संस्थाको आर्थिक वर्ष २०७७।७८ को वास्तविक प्रतिशेयर नेवटर्थ ८६ रुपैयाँ ७८ पैसा रहेको छ । सोही नेटवर्थको आधारमा नै उक्त ओपनिङ्ग मूल्य पाउने देखिएको हो । कम्पनीको आइपीओ आज बाँडफाँड भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*