आदर्श लघुवित्तका सिइओ राजेश शर्माले कति बुझे तलब भत्ता ?

४ चैत्र २०७९, शनिबार ०८:००

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभाबाट संस्थाको पाँचौ अर्थात् गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ ।

पारित प्रतिवेदनअुनसार संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेश शर्माले १२ लाख ४६ हजार ५५० रुपैयाँ वार्षिक तलब भत्ता बुझेका छन् । शर्माले पारिश्रमिक, भत्ता तथा सुविधाको रकम गरी कुल साढे १२ लाख रुपैयाँ बुझेका हुन् ।

जसमा उनले आधार तलब भत्तास्वरुप ८ लाख ४० हजार रुपैयाँ, संचयकोष थप बापत ८४ हजार रुपैयाँ, नियमअनुसारको दशैं सुविधा ७० हजार, खाजा तथा संचारको सुुविधा ३० हजार ५५० रुपैयाँ र आवास र सुविधा बापत २ लाख २२ हजार रुपैयाँ गरी कुल १२ लाख ४६ हजार ५५० रुपैयाँ बुझेका हुन् ।

त्यस्तै, अन्य व्यवस्थापन तहमा कार्यरत अन्य पदाधिकारीहरुलाई समिक्षा वर्षमा तलब भत्ता, संचयकोष थप, संचार तथा खाचा र दशैं खर्च बापत कुल २१ लाख ९९ हजार ७६४ रुपैयाँ भुक्तान गरिएको छ ।

साथै संस्थाका संचालक समितिको बैठकहरुमा भाग लिए बापतको बैठक भत्ता ३ लाख ८ हजा ५०० रुपैयाँ र उप समितिहरुको बैठकहरुमा भाग लिए वापतको बैठक भत्ता १ लाख २१ हजार ५०० रुपैयाँ गरी कुल ४ लाख ३० हजार रुपैयाँ छुट्याइएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*