नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

५ चैत्र २०७९, आईतवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । सिद्धार्थ बैंक र विन्ध्यवासिनी हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सिद्धार्थ बैंकको १२.५०% दरका कुल १ करोड ५६ लाख ५५ हजार ५३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै, विन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशत दरका कुल ५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*