कुमारी बैंकको ३८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

६ चैत्र २०७९, सोमबार ११:१०

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३८ हजार ६ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको माग गर्दै निवेदन दिएपश्चात बैंकले शेयर लिलामीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनीहरु तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ कित्ता र पेगी पाण्डेको ३३ हजार ३ सय ८३ हजार कित्ता गरी कुल ३८ हजार ६ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न चाहाने बिद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, काठमाडौं १ नक्सालमा आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*