मर्जर र लाभांश प्रस्ताव सहित विजय लघवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

६ चैत्र २०७९, सोमबार १२:२७

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डोकेको छ । संस्थाले १०औं वार्षिक साधारण सभा चैत २८ गते बस्नेगरी आह्वान गरेको हो ।

सभा बिजय विकास स्रोत केन्द्र, गैंडाकोट–८ नवलपरासीमा बिहान ११ः३० बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

यसका साथै सो सभाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ । यसका साथै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

विजय लघुवित्त र नयाँ सारथी लघुवित्त एक आपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत गरिने प्रस्ताव पारित गर्ने छ ।

संस्थाले साधारण सभा प्रयोजनको लागि चैत १६ गते देखि चैत २८ गतेसम्म बुक क्लोेज रहने भएको छ । तसर्थ चैत १५ गतेसम्म कायम भएका शेयरधनीहरुले सभामा सहभागि हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*