आइएमई जनरल इन्स्योरेन्स र एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी

६ चैत्र २०७९, सोमबार १५:०५

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम समेत बढेर एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक आइएमई जनरल इन्स्योरेन्सको ७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड १९ लाख, सिटिजन्स इन्टरनेशनल बैंकको प्रोमोटर शेयरको ५ करोड ८५ लाख, शिवम् सिमेन्ट्सको ४ करोड १३ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ३ करोड ४२ लाख रुपैयाँमाकिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*