सबैभन्दा बढी चुक्तापुँजी रहेको छिमेक लघुवित्तमा कसको लगानी कति ?

७ चैत्र २०७९, मंगलवार १४:५८

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा सबैभन्दा अब्बल छिमेक लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा यहि चैत १० गते शुक्रबार मकवानपुर हेटौंडास्थित होटल सामना प्रा.लिंको सभाहलमा बिहान ११ बजे बस्दैछ । संस्थाको चुक्तापुँजी हाल दुई अर्ब ३२ करोड ४१ लाख रुपैयाँमाथि रहेको छ ।

संस्थाले साधारण सभामार्फत बोनस शेयर जारीपश्चात् दुई अर्ब ८३ करोड ५४ लाख रुपैयाँ चुक्तापुँजी पुर्याउनेछ । करिब ३ अर्ब चुक्तापुँजी रहेको सो संस्थामा सबैभन्दा बढी छिमेक समाज सेवा संस्थाको शेयर स्वामित्व रहेको छ ।

संस्थापक तर्फ ५१ प्रतिशत शेयर र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको सो संस्थामा छिमेक समाजको मात्रै २० लाख ९० हजार ८१८ कित्ता शेयर स्वामित्वमा रहेको छ ।

त्यस्तै, संस्थामा तीनवटा वाणिज्य बैंकको समेत शेयर लगानी रहेको छ । जसमा नबिल बैंक र हिमालयन बैंकको २० लाख २९ हजार ५९ कित्ताका दरले शेयर लगानी रहेको छ भने ग्लोबल आइएमई बैंक (साविक बैंक अफ काठमाण्डू)को १९ लाख ९ हजार ८५७ कित्ता शेयर स्वामित्वमा रहेको छ । त्यस्तै, छिमेक लघुवित्तमा अन्य संस्थापक शेयरधनीहरुको कुल ३७ लाख ९४ हजार ११७ कित्ता शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, यता सर्वसाधारण शेयधरनीहरुको भने संस्थामा कुल एक करोड १३ लाख ८८ हजार ९० कित्ता शेयर स्वामित्वमा रहेको छ ।

चैत १० गते हुने साधारणसभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ । साथै सो साधारणसभाले पारित गरेबमोजिम संस्थाको अधिकृत पुँजी २ अर्ब ५० करोडबाट बृद्धि भई ३ अर्ब ७५ करोड रुपैयाँ र चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख रुपैैयाँ पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*