वाणिज्यमा नबिल र विकास बैंकमा मुक्तिनाथको मुनाफा सबैभन्दा धेरै

सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूको मुनाफा करिब ४५ अर्ब, वाणिज्य बैंकहरुले मात्रै कमाए ४१ अर्ब
८ चैत्र २०७९, बुधबार ०८:२४

काठमाडौं । चालु आवको माघ मसान्तमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले करिब ४५ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् । सडकमा बैंक तथा वित्तीय संस्थाहरुका विरुद्धमा चर्को आन्दोलन चलिरहँदा यस्तो चालु आवको सात महिनाको तथ्याङ्क अनुसार बैंकहरुको मुनाफा उच्च बृद्धि भई ४४ अर्ब ८५ करोड नाघेको हो । 


बैंक तथा वित्तीय संस्थाहरुको मुनाफामा बाणिज्य बैंकहरुको हिस्सा उच्च बिन्दुमा रहेको छ । नेपालमा सञ्चालित बाणिज्य बैंकहरुले मात्रै ४१ अर्ब नौ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । कूल मुनाफामा विकास बैंकहरुको हिस्सा ३ अर्ब २० करोड रुपैयाँ रहेको छ भने फाइनान्स कम्पनीहरुको नाफाको हिस्सा जम्मा ६२ करोड रहेको छ । 


मुनाफा पनि एउटै बैंकले चार अर्ब रुपैयाँसम्म मुनाफा कमाएका छन् । माघ मसान्तसमम नबिल बैंकको नाफा ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, एनआईसी एशिया बैंकले ३ अर्ब ६८ करोड, ग्लोबल आईएमई बैंकले ३ अर्ब ५५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७० करोड, एनएमबी बैंकले २ अर्ब २४ करोड र स्ट्याण्डर्ड चाटर्ड बैंक २ अर्ब २ करोड रुपैयाँ नाफा कमाएका राष्ट्र बैंकले जनाएको छ । 


विवरण अनुसार प्राइम कमर्सियल बैंकले २ अर्ब, एभरेष्ट बैंकले १ अर्ब ८८ करोड, नेपाल बैंकले १ अर्ब ७१ करोड, प्रभु बैंकले १ अर्ब ६६ करोड सानिमा बैंकले १ अर्ब ५३ करोड र कुमारी बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै सिद्धार्थ बैंकले १ अर्ब ४५ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, हिमालयन बैंकले १ अर्ब ३० करोड, लक्ष्मी बैंकले १ अर्ब २८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १८ करोड र सिटिजन्स बैंक १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको देखिएको छ । 


सनराइज बैंकले ८६ करोड, सिभिल बैंकले ७८ करोड र कृषि विकास बैंकले १० करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । महासंकटका बीचम तीन वटा बैंकले मात्रै अर्बभन्दा कम नाफा कमाएका छन् ।
चालु आर्थिक वर्षको पुसमा कुमारी बैंकमा एनसीसी बैंक, ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमाण्डु, नेपाल इन्भेष्टमेन्ट बैंकमा मेगा बैंक नेपाल र प्रभु बैंकमा सेञचुरी बैंक मिसिएको छ । गाभिने बैंकले मर्जरअघि कमाएको नाफा पनि उक्त विवरणमा समावेश भएको छैन ।


विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंकले सर्वाधिक ७३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै अन्य राष्ट्रिय स्तरका विकास बैंकमा गरिमा विकास बैंकले ५८ करोड ७३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४९ करोड २ लाख, महालक्ष्मी विकास बैंक ३६ करोड ४२ लाख, लुम्बिनी विकास बैंकले ३० करोड ५६ लाख, कामना सेवा विकास बैंकले २६ करोड २१ लख सांग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ९७ लाख, ज्योति विकास बैंक ११ करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष राम्रो मुनाफा गरेको ज्योति विकास बैंकको मुनाफा भने यस पटक घटेको छ । 


रोच कुरा के छ भने ऋणीहरु तनाव र छटीपटीमा परेको बेलामा सामान्य बैंकहरुले समेत अर्बौ रुपैयाँ मुनाफा गर्न सफल भएका छन् । बैंकहरुको मुनाफा सम्बन्धी विवरण, देशमा उत्पन्न आर्थिक संकटको विश्लेषण गर्ने हो भने सडकमा बैंकहरुका विरुद्धमा भइरहेको प्रदर्शनले नियामक राष्ट्र बैंकको नियतम नैतिकतामाथि प्रश्न उठाएको छ भने अर्थमन्त्रालय नीतिगत विश्लेषणमा असफल भएको देखिएको छ । 


नेपाल राष्ट्र बैंकका भ्रष्ट, अनैतिक र सेवाअवधीपछि पुनः बैंकहरुमै गएर जाने खान पाउने लोभले गर्दा प्रभावकारी नियमन र उचित नीति बनाउन नसक्दा बैंकले सर्वसाधारणलाई शोषण गर्ने र त्यसको प्रमाणिकरण राष्ट्र बैंकबाट हुँदै आएको छ । 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*