नबिल बैंक राष्ट्र बैंकको कारबाहीमा, साढे ६ करोड रुपैयाँ जरिवाना

८ चैत्र २०७९, बुधबार ११:४८

काठमाडौं। नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकको नियम विपरित गएको बन्दै केन्द्रीय बैंकले नबिललाई साढे ६ करोड रुपैयाँ जरिवाना गरेको हो ।
कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) तोडेपछि नियामक नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई कारबाही गरेको छ।

केन्द्रीय बैंकले सिडी रेसियो ९० प्रतिशत तोकेको छ। त्योभन्दा बढी भएपछि राष्ट्र बैंकले कारबाही गर्छ। नेपाल बंगलादेश (एनबी) बैंकलाई मर्ज गरेकाले सिडी रेसियोमा छुट पाउनुपर्ने नबिलको अपिललाई केन्द्रीय बैंकले अस्वीकार गरेर उक्त रकम जरिवाना लगाएको हो।

एनबीलाई मर्ज गरेर एकीकृत बैंकिङ कारोबार गर्नुअघि नै सिडी रेसियो नपुगेपछि नबिललाई जरिवाना गरेको जनाएको छ। एकीकृत बैंकिङ कारोबार गर्नुअघि सीडी रेसियो नपुगेपछि नबिललाई जरिवाना गरिएको बताए ।नबिल र एनबीबीले असार ११ गते एकीकृत कारोबार गरेका थिए । त्यसपछि बैंकको सीडी अनुपात ८९.७९ प्रतिशत थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*