जनउत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

९ चैत्र २०७९, बिहीबार १०:३९

काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत ९ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभा तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्तले चैत २६ गते, आइतबार, होटल न्यू इरा, बुटवल महानगरपालिका वडा नं। ९, कालिकापथ, रुपन्देहीमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*