आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा

९ चैत्र २०७९, बिहीबार १०:४४

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले सभा चैत ३० गते बिहिबार बस्नेगरी आह्वान गरेको हो । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले संस्थाको ७औं साधारण सभा बनेपा पार्टी भेन्यु बनेपा–८, काभ्रेपलाञ्चोकमा बस्ने निर्णय गरेको हो ।

सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साथै आव २०७८।७९ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । संस्थाले साधारण सभा प्रयोजनका लागि चैत २० गते एकदिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ चैत १९ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*