नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण हुने

९ चैत्र २०७९, बिहीबार १०:५९

काठमाडौं । नबिल बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको महाराजगंज शाखा कार्यालय स्थानान्तरण हुने भएको हो ।

बैंकको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित महाराजगंज शाखा कार्यालय काठमाडौं महानगरपालिका–०३ लाजिम्पाटमा स्थानान्तरण हुने भएको हो ।

उक्त शाखा कार्यालय चैत १२ गते स्थानान्तरण हुने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*