एनएमबि बैंकको ६७ हजार कित्ता शेयर लिलामीमा, १८० रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने

९ चैत्र २०७९, बिहीबार १२:०१

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापम समूहतर्फको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको कुल ६७ हजार ७०६ कित्ता शेयर लिलाम बढाबढमार्फत विद्यमान संस्थापक र सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो ।

बैंकले संस्थापक शेयरधनी जयनारायण नेपालको १५ हजार ४०१ कित्ता शेयर र मान बहादुर फागुको ५२ हजार ३०५ कित्ता शेयर गरी कुल ६७ हजार ७०६ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

बैंकले उक्त शेयरहरुको न्यूनतम मूल्य १८० रुपैयाँ तोकेको छ । यसर्थ विद्यमान संस्थापक शेयरधनी वा सर्वसाधारणले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोत्रपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*