प्रभु बैंक र साइमेक्स इंकबीच सम्झौता, बीवाइडी ब्रान्डका सवारी किन्न बैंकले ८०% सम्म कर्जा दिने

काठमाण्डौं । प्रभु बैंक लिमिटेड र साइमेक्स इंक प्रा.लि. बीच सम्झौता भएको छ । बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंकले विद्युतीय सवारीका सहज फाइनान्सिङ्गको लागि प्रभु बैंक संग वित्तिय सम्झौता गरेको हो ।
यो साझेदारीले ग्राहकहरूलाइ बीवाइडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्ने लक्ष्य राखेको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न प्रभु बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बीवाइडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।
साइमेक्स इंक प्रा.लि. का प्रमुख बित्त अधिकारी मेमन धौगाडा भन्छन ‘बीवाइडी विश्वभर दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । प्रभु बैंक संगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।”
बीवाइडी बिभिन्न मोडलहरुका बिद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका बिद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो मागसंगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्नेछ ।
प्रभु बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख वीरेन्द्र भट्ट भन्छन “प्रभु बैंकमा, हामी दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध छौं । बीवाइडी संगको हाम्रो साझेदारीले हामीलाई बिद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तिय समाधानहरु प्रदान गर्न सक्षम बनाउनेछ ।”
यस सहकार्य पश्चात् प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बीवाइडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंक लिमिटेडबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै सो कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको छ । प्रभु बैंकका देश भर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ एटीएम नेटवर्क छन् ।
साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बीवाइडी Atto 3 ( रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बीवाइडी All –New भट (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ । केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी Atto 3 रु. १२.९८ लाख वा बीवाइडी All –New भट मात्र रु ११.८० लाखमा खरिद गर्न सक्नेछन ।