लाभांश प्रस्तावसहित छिमेक लघुवित्तको साधारण सभा भोलि बस्दै, चुक्तापुँजी पौने ३ अर्ब पुर्याउने

९ चैत्र २०७९, बिहीबार १४:३२

काठमाडौंं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा भोलि (चैत १० गते) शुक्रबार हेटौंडा–४ मकवानपुर स्थित होटल सामना प्रा.लि.मा बिहान ११ बजे बस्दैछ ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

सो सभामार्फत संस्थाले आफ्नो अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउने भएको छ । यसबाहेक संस्थाले बोनस शेयर जारी गरी वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने सम्बन्धि विशेष प्रस्तावसमेत पारित गर्नेछ ।

यसका अलावा सभामा अन्य कुनै वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले फागुन २५ गते एकदिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ फागुन २४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*