आरएमडीसी लघुवित्तका सिइओ पृथ बहादुर थापाले कति बुझे तलव भत्ता ?

१० चैत्र २०७९, शुक्रबार १३:५८

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले आर्थिक वर्ष २०७८।७९मा तलव भत्ता वापत ३९ लाख ८९ हजार ३३५ रुपैयाँ बुझेका छन् । सो बाहेक प्रचलित नियम अनुसार कर्मचारी बोनश समेत प्रदान गर्ने गरिएको छ ।

साथै, संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ प्रबन्धकहरु र प्रबन्धकहरु गरी जम्मा ९ जनालाई आर्थिक वर्ष २०७८।७९ मा तलव भत्ता तथा सुबिधा वापत १ करोड ४२ लाख २४ हजार ६६३ रुपैयाँ भुक्तानी गरेका छन् । संचालक समितिका अध्यक्ष तथा अन्य संचालकले प्रति बैठक वापत ७ हजार ५ सय रुपैयाँ भुुक्तानी गरेका छन् ।

आज काठमाडौंमा सम्पन्न भएको  सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज हुने, १ः०.८७ शेयर स्वाप अनुपात स्वीकृत गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*