४ लघुवित्तको वार्षिक साधारण सभा भोलि, कुनले कति दिदैछ लाभांश ?

१० चैत्र २०७९, शुक्रबार १६:३१

काठमाडौं । भोली (चैत ११) गतेका दिन ४ वटा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दैछ । स्वरोजगार लघुवित्त, स्वाभिमान लघुवित्त, समता घरेलु र आशा लघुवित्तको वार्षिक साधारण सभा भोलि फरक फरक स्थानमा बस्ने भएको हो ।

स्वरोजगार लघुवित्त

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा भोलि अर्थात चैत ११ गते बस्दैछ । संस्थाको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे बस्नेछ ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

स्वाभिमान लघुवित्त

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भोलि अर्थात चैत्र ११ गते डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजे बस्दैछ । सो सभाले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आशा लघुवित्त

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भोलि अर्थात चैत ११ गते बस्दैछ । संस्थाको फागुन १६गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत ११ गते, संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा बस्ने भएको हो । सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४ दशमलव २८५७ प्रतिशत बोनश शेयर र ० दशमलव ७१४३ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

समता घरेलु लघुवित्त

समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा भोलि अर्थात चैत ११ गते बस्दैछ । संस्थाको फागुन १२ गतेका दिन बसेको संचालक समितिको बैंठकको निर्णयले सभा चैत ११ गते, हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ बजे बस्ने भएको हो । सभाले हाल कायम रहेको वितरण योग्य मुनाफाबाट कुल चुक्ता पुँजीको ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साथै सभाले संचालक समितिबाट प्रस्तावित भएको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*