नेपाल राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांश संशोधन, बोनस शेयर घट्यो

१२ चैत्र २०७९, आईतवार १०:४२

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले संशोधन गरिदिएको हो ।

संस्थाको पुष २५ गते बसेको बोर्ड बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले चैत १० गते उक्त लाभांश संशोधन गरि पठाएको हो ।

सो अनुसार संस्थाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश (बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश) गरी वितरण गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*