नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१२ चैत्र २०७९, आईतवार १०:४१

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार २५५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि आवेदन दिएपश्चात सो वापतको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

लघुवित्तका संस्थापक शेयरधनी नरेश नेपालको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगा लक्ष्मी अवालको १ हजार ५०० कित्ता गरी कुल २१ हजार २५५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरु तथा सर्वसाधारणले सूचना प्रकाशित भएको १५ दिन भित्र कागजात संकलन गरी संस्थाको केन्द्रिय कार्यालय निलकण्ठ ३ धादिङबेशी धादिङमा आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*