स्वरोजगार लघुवित्तको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डे नियुक्त

१२ चैत्र २०७९, आईतवार ११:४७

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डे नियुक्त भएका छन् ।

संस्थाको चैत ११ गते शनिबार सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना संचालकहरु आगामी ४ वर्षको लागि निर्वाचित भएका हुन् । संचालकहरुमा ज्ञानेन्द्र प्रसाद पाण्डे, उदयराज खतिवडा र त्रि बिक्रम पाण्डे संचालक पदमा निर्वाचित भएका छन् ।

साथै साधारण सभापश्चात् संस्थाको चैत ११ गते बेलुका बसेको संचालक समितिको बैठकले अध्यक्षमा पाण्डेलाई चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*