शेयर बजारमा गिरावट आउँदा ४ लघुवित्तको मूल्यमा नकरात्मक सर्किट, अन्य कुनको अवस्था कस्तो ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २६ दशमलव ८७ अंकले घटेर १८८८ दशमलव २७ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा ओरालो लागेसँगै ४ कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज जिवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक्यु नेपाल लघुवित्त र महिला लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ ।
साथै किसान लघुवित्त लगायत अन्य कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।